Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रीको चुनावी दौड : ५ को जित, ६ को हार

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा होमिएका एक दर्जन मन्त्रीमध्ये ५ मन्त्री निर्वाचित भएका छन् भने ६ जनाले हारेका छन् ।

निर्वाचित भएका मन्त्रीहरूमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु, अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकासमन्त्री मेटमणि चौधरी रहेका छन् ।

पौडेलले वाग्लुङ–२, बडु दार्चुला, श्रम तथा रोजगारमन्त्री कुँवर अछाम–१, शहरी विकासमन्त्री चौधरी दाङ र अर्थमन्त्री शर्मा रूकुम पूर्वबाट निर्वाचित भए ।

यता ऊर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, राज्य मन्त्री उमेश श्रेष्ठ, पर्यटन मन्त्री जीवनराम श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक), खानेपानी तथा सिँचाइमन्त्री उमाकान्त चौधरी र गृहमन्त्री बालकृष्ण खाँणले हार ब्यहोर्नुपरेको छ ।

भुसालले ललितपुर–३, उमेश श्रेष्ठले चितवन–२, जीवनराम श्रेष्ठले काठमाडौं–८, गहतराजले बाँके–१, चौधरीले बारा–१ र खाँणले रूपन्देही–३ बाट प्रतिस्पर्धा गरेका थिए ।

सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको झिनो अग्रता छ । तर अनश्चितकालका लागि मतगणना रोकिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077