Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमत पार्टीले अवरोध गरेपछि महोत्तरी १ को मतगणना अवरुद्ध

महोत्तरी । महोत्तरी १ को मतगणना अवरुद्ध भएको छ । समानुपातिक मतगणनाको मतपरिणाम सही नभएको भन्दै जनमत पार्टीले विवाद गरेपछि मतगणना एक घण्टादेखि रोकिएको हो ।

महोत्तरी १ मा कहिले क्रस मत त कहिले बदर मतका विषयमा यत्तिकै पनि मतगणना सुस्त बनिरहेको बेला जनमत पार्टीको विवादले मतगणना थप लम्बिएको छ ।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार छलफलबाट सहमति जुटाउन अहिले जनमत पार्टीका नेताहरूलाई बोलाइएको छ । तर, जनमत पार्टीले मतको विषयमा मतगणनास्थलमा घटबढ गरेको भन्दै नाराबाजी गरिरहेको छ ।

जनताको मतको कदर गर्नुपर्ने उनीहरूको माग छ । समानुपातिकमा मत पुनःगणाना गर्नुपर्ने जनमत पार्टीका नेताहरूले अडान छ ।

क्रस मतलाई समेत सदर गर्ने सर्वदलीय सहमति भएपछि समानुपातिक र प्रत्यक्ष एक साथ गणना गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077