Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नुवाकोट–२ मा कांग्रेसका अर्जुननरसिंह केसीको जित निश्चित

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका अर्जुननरसिंह केसीको जित निश्चित भएको छ । १० हजार ७१० मतान्तरले केसीको अग्रता कायम छ ।

अहिलेसम्म ५६ हजार ६९७ मतगणना गरिएको छ । त्यसमध्ये केसीले २४ हजार ५४४ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका नारायणप्रसाद खतिवडाले १३ हजार ८३४ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार सुमन पाण्डे १३ हजार २३२ मतसहित तेस्रो स्थानमा छन् । अब १० हजार ३०७ मत गन्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077