Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकप फुटबल : इरानसँग वेल्स २-० गोल अन्तरले पराजित

काठमाडौं । विश्वकप फुटबलमा ग्यारेथ बेलको टिम वेल्स इरानसँग पराजित भएको छ ।

खेलको ८६ औं मिनेटमा १० खेलाडीमा समेटिएको वेल्स अतिरिक्त समयमा २ गोल खाँदै एशियन देश इरानसँग स्तब्ध भएको हो ।

गोलकिपर वाइन हेन्नेसीले ८५औं मिनेटमा रातो कार्ड पाएपछि १० जनामा सीमित भएको वेल्स पराजित हुनुपर्यो ।

इरानका लागि इन्जुरी समयको आठौं मिनेटमा रोज्बे चेस्मी र ११औं मिनेटमा रमिन रेजाइनले एक(एक गोल गरे।

समूह चरणको अन्तिम खेलमा वेल्सले इङ्ल्यान्ड र इरानले अमेरिकासँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077