Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विदाइ भए काठमाडौंमा खटिएका म्यादी प्रहरी [फोटोफिचर]

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागी काठमाडौं जिल्लामा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ ।

बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरतबहादुर बोहोराले म्यादी प्रहरीलाई प्रमाणपत्र दिएर बिदाई गरेका हुन् ।

निर्वाचन सुरक्षामा काठमाडौंमा ३ हजार २७९ जना म्यादी प्रहरी परिचालन गरिएको थियो । काठमाडौं जिल्लाको वृत मातहत खटिएका म्यादी प्रहरीलाई वृतका डिएसपीहरुले बिदाई गरेका छन् ।

'चालिस (४०) दिनको कार्यअवधीमा जिल्ला प्रहरी परिसर काठमाण्डौ तथा मातहत बृत्त, प्रभागका प्रहरीसँग संयुक्त रुपमा अहोरात्र परिचालन भई निर्वाचनलाई स्वच्छ, निश्पक्ष र सुशासित वातावरणमा सम्पन्न गरी सर्हानीय भूमिका निर्वाह गर्नुभएको हुँदा तपाई सम्पूर्ण म्यादी प्रहरीहरुलाई प्रशंसा तथा सम्मान गर्दै जिल्ला प्रहरी परिसर काठमाण्डौको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गर्दछौँ,' जिल्ला प्रहरी परिसर काठमाडौंले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077