Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रन्जु दर्शना र मिलन पाण्डेको जमानत जफत

काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना) को जमानत जफत भएको छ ।

विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन् ।

यस क्षेत्रको सदर मत ४४ हजार २४९ छ । यसमा रन्जुले ६०० मत प्राप्त गरेकी हुन् ।

त्यस्तै, साझा पार्टी नेपालका मिलन पाण्डेको पनि जमानत जफत भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाण्डेको जमानत जफत भएको हो ।

यस क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ छ । पाण्डेले सदर मतको ५.५ प्रतिशत मत प्राप्त गरे ।

२०७४ मा पनि पाण्डे यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । ०७४ मा भने उनले जमानत जोगाएका थिए ।

निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।

कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको धरौटीबापत रकम फिर्ता हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077