Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामकुमारी झाँक्रीलाई जिताउन नसकेपछि पार्टीका जिल्ला अध्यक्षद्धारा राजीनामा

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदका लागि उम्मेदवार नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पराजित भएसँगै पार्टीका जिल्ला अध्यक्षले राजीनामा दिएका छन् ।

झाँक्री नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टसँग पराजित भएपछि अध्यक्ष श्रीराम महतले राजीनामा दिएका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा एक स्टाटस जारी गर्दै आफूले नैतिकताका आधारमा राजीनामा दिएको जानकार दिएका छन् । ‘गुल्मी क्षेत्र नम्बर २ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँदछु,’ उनले लेखेका छन् ।

गुल्मी क्षेत्र नम्बर २ मा बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077