Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यार्थी नेता चेतनकाे हत्याका दोषीलाई कारबाहीको माग गर्दै आज पनि बाजुरामा प्रदर्शन

बाजुरा । चेतन अयडीको हत्याका दोषीलाई कारबाहीको माग गर्दै आज (बुधबार) पनि बाजुरामा प्रदर्शन भएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा मंसिर ४ गते राति घरमा सुतिरहेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतनलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेका थिए ।

सोही विषयलाई लिएर बाजुरामा अनेरास्ववियुले ३ दिनदेखि प्रर्दशन गर्दै आएको छ । चेतनको हत्याको विषयलाई लिएर ३ दिनदेखि सदरमुकाम मार्तडी बजार र कोल्टी बजार तनावग्रस्त बनेको छ ।

चेतनको हत्यामा संलग्न रहेका कांग्रेसका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गदै अनेरास्ववियुले बाजुराका विभिन्न ठाउँमा बजार बन्द र सडकमा टायर बालेर आन्दोलन गरिरहेको छ ।

चेतनको विभत्स हत्या भएको ४ दिन वित्न लाग्दा समेत सम्बन्धित निकायले दोषीहरुलाई पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियुले आज (बुधबार) पनि सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालय, शैक्षिक स‌स्था र बजारहरु अनिश्चित कालका लागि बजार बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077