Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उत्तर कोरिया : मिसाइल परिक्षणको क्रममा किन किमले छोरीसँग हात मिलाएर उभिए

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन आफ्नी छोरीसँग पहिलो पटक सार्वजनिक रुपमा देखा परेका छन् ।

यससँगै उनीसँग छोरी भएको लामो समयदेखि चलिरहेको हल्ला पनि पुष्टि भएको छ ।

शुक्रबार किम जोङ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपणको निरीक्षण गर्न पुग्दा उनकी छोरी पनि उनीसँगै थिइन् । उनको छोरीको नाम किम चु आय रहेको खुलेको छ ।

मिसाइल परिक्षणको क्रममा बाबु छोरी हातमा हात मिलाएर उभिए । अमेरिकाले यस मिसाइल परीक्षणको आलोचना गरेको छ। उत्तर कोरिया विश्वको सबैभन्दा रहस्यमय राष्ट्र मध्ये एक हो र त्यहाँका नेता किम जोङ उनको व्यक्तिगत जीवनको बारेमा धेरै जानकारी छैन।

उत्तर कोरियाको आधिकारिक समाचार सेवा केसीएनएले किम जोङ उनले छोरीको हात समातेको तस्बिर प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077