सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार महेश प्रसाद यादव विजयी भएका छन् ।
योसँगै जनमत पार्टीको खाता खुलेको हो । उनी १३ हजार ३२५ मत ल्याई विजयी भएका हुन् ।
यादवका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उमेदवार उमेशकुमार यादवले ७ हजार २३ मत ल्याए ।
यसपालिको निर्वाचनमा माओवादीले महेशलाई टिकट नदिएपछि उनी जनमत पार्टीबाट उम्मेदवारी दिएर विजयी भए ।