Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभामा नेपाली कांग्रेसको दोस्रो जित, मनाङबाट टेकबहादुर गुरुङ निर्वाचित

काठमाडौं । हिमाली जिल्ला मनाङबाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले दोस्रो जित निकालेको छ ।

मनाङमा कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

टेकबहादुरले २ हजार २५ मत प्राप्त गर्दा पोल्देनले १ हजार ८ सय ३० मत पाएका छन् । उनीहरुबीच १ सय ९५ मतान्तर रहेको छ ।

यसअघि प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भइसकेका छन् । यस्तै, प्रदेश सभा ‘ख’ मा स्ततन्त्र उम्मेदवार राजिव गुरुङ (दिपक मनाङे) निर्विरोध भएका थिए ।

मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६ हजार ७ सय ७९ रहेकोमा रिपोर्ट अनुसार ४ हजार ८ सय ४५ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077