Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चित्रलेखा र राजकिशोरको उम्मेदवारी खारेजको माग गर्दै आयोगमा उजुरी

काठमाडौं । नेपाली काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकिशोर यादवको उम्मेदवारी खारेजीको माग गर्दे निर्वाचन आयोगमा उजुरी परेको छ ।

सिरहा क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार सुरेशकुमार कार्कीले दुबै जनाविरुद्ध उजुरी दिएका हुन् ।

कार्कीले आज निर्वाचन आयोगमा निवेदन दर्ता गराई काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जसपाका राजकिशोर यादवले चुनावमा रकम बाँड्नुको साथै भोजभतेर समेत गरेको भन्दै उनीहरूको उम्मेदवारी खारेजीको गरेका छन् ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) बमोजि उनीहरुलाई कारबाही माग गरिएको हो । दुई उम्मेदवारले

कात्तिक २५ गतेदेखि मङ्सिर ४ गते मतदान हुँदासम्म मतदातालाई प्रभाव पर्ने गरी घरघरमा गएर रकम बाँडेको भोजभतेर गरेको आरोप स्वतन्त्र उम्मेदवार कार्कीले लगाएका छन् ।

उनले ऐनको दफा २१ को उपदफा (२) बमोजिम हदैसम्मको सजाय गरी निजहरू दुवैको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077