Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु

नवलपुर । नवलपरासी पुर्वको देवचुली नगरपालिका-४ मा मतदान सुरु भएको छ । कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।

देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो ।

स्थानीय नारायण भण्डारीले मतदान केन्द्रको प्रदेशतर्फको समानुपातिक मतपेटिका जलाएपछि आइतवार केही समय मतदान कार्य रोकिएको थियो ।

अबेर साझ संघतर्फको प्रत्यक्ष समानुपातिक र प्रदेश तर्फको प्रत्यक्ष तर्फको मतदान गराइएको थियो ।

प्रदेश समानुपातिक तर्फको मतदान हिजो रद्द गरी आजका लागि पुन:मतदान गर्ने निर्णय गरिएको थियो । मतदानस्थलमा अहिले सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077