Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदान स्थगित भएका केन्द्रमा दुई दिन भित्र फेरि मतदान हुने

काठमाडौं । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ।

स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको निर्वाचन आयोगले बताएको छ।

आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ।

मतदानका क्रममा फाटफुट घटना घटे पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077