Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मीको अर्बेनीमा पुनः मतदान हुने

गुल्मी । गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान चलिरहेको अबस्थामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत पत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मत पत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो ।

त्यस्ता मत पत्र ५५ वटा रहेको बताइएको छ । उक्त मतदान केन्द्रमा पुन:मतदान अधिकृतसहितको टोली पठाएर पुन मतदान गर्ने बताइएको छ ।

त्यस मतदान केन्द्रका दिउँसो साढे २ बजेको समयसम्म मतदान चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077