Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपाल वायुसेवा निगमलाई उड्डयन प्राधिकरणले भन्यो - अलपत्र यात्रुलाई भोलि नै गन्तव्यमा पुर्‍याउनु

काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र परेका यात्रुलाई शनीबारभित्रै गन्तव्यमा पुर्‍याउन प्राधिकरणले शुक्रबार निगमलाई निर्देशन दिएको हो ।

निगमको मङ्सिर १ गते (बिहीबार) को दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रुलाई फर्काइएको थियो ।

टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नरहेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए ।

प्राधिकरणले आज निगमलाई सोधेको स्पष्टीकरणमा भनिएको छ,‘मिति २०७९ मङ्सिर १ गतेको उडान नम्बर आरए–२३९को काठमाडौंदेखि दोहा तथा उडान

नम्बर आरए २२९ को काठमाडौं–दुबई जाने हवाइजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएको छ। ’

अब उप्रान्त यस किसिमको कमि कमजोरी नगर्न पनि प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077