Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन सामग्री बोकेको जिप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला । निर्वाचन सामग्री बोकेर जॉदै गरेको जिप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन् ।

जुम्ला खलंगादेखि तातोपानी-८ स्थित जनजागृती मावि ताम्ती मतदान केन्द्रतिर जॉदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिप तातोपानी-४ रावतबाडामा एक्कासी अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकदेखि करिब २० मिटर तल खसेको छ ।

दुर्घटनामा मतदान केन्द्रमा खटिएका मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदीप्रसाद न्यौपाने,

नेपाल प्रहरीका सई सीताराम दराई, सहायक हवलदार सुरज चन्द, प्रहरी जवान राजेन्द्र विष्ट र एक जना कार्यालय सहयोगी घाइते भएका छन् ।

घाइतेमध्ये प्रहरी हवलदार चन्द र प्रहरी जवान विष्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077