Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

रोल्पा पुगेर वर्षमान पुनले भने - सत्ता गठबन्धनबीच शतप्रतिशत मत ट्रान्सफर हुन्छ

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सत्तारुढ गठबन्धन सफल भएको बताएका छन् । रोल्पाको लिवाङमा चुनावी घरदैलो कार्यक्रममा बोल्दै पुनले यस्तो बताएका हुन्।

उनले गठबन्धन थप बलियो भएको र चुनावमा एकअर्का दललाई सतप्रतिशत मत ‘ट्रान्सफर’ हुने अवस्था निर्माण भएको बताए ।

पुनले भने, ‘धेरैले गठबन्धन टुट्ने बताएका थिए। हामी बीचको सहकार्य दरिलो बनेको छ। गठबन्धन दलबीच शत प्रतिशत मत ट्रान्सफरको स्थिति निर्माण भएकाले हामी चुनाबाट झनै बलियो बन्नेछौँ।’

सत्ता गठबन्धन संविधानको रक्षा र मुलुकको समृद्धिका लागि बनेकाले यसले दीर्घकालीन सहकार्य गर्ने पुनले बताए।

नेताहरुको सत्ता स्वार्थका कारण नभइ आफूहरुले केपी ओलीको निरंशुकता र प्रतिगमनविरुद्ध सैद्धान्तिक गठबन्धन निर्माण गरेको उनको भनाइ थियो ।

देशव्यापी रुपमा देखिएको जनलहर देखिएको भन्दै उनले गठबन्धनका उम्मेदवारहरुको विजयको औपचारिक घोषणामात्र बाँकी रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077