Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईओसीले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची नेपाल आयल निगमलाई पठाएको छ ।

बुधबार पठाएको मूल्य सूचीअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेलको मूल्य घटेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोल प्रतिलिटर ३ रुपैयाँ १६ पैसा बढेर आएको छ, डिजेलको चाहिँ प्रतिलिटर १ रुपैयाँ ३० पैसा घटेर आएको निगमले जनाएको छ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ८१ रुपैयाँ र डिजेलको प्रतिलिटर १ सय ७८ रुपैयाँ छ ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७६ पैसा नाफा रहेको छ । त्यस्तै, डिजेलको हकमा प्रतिलिटर १० रुपैयाँ ८३ पैसा घाटा भएको निगमले जनाएको छ । आर्इओसीले १५(१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची पठाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077