Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरीको जागिर चैट

काठमाडौं । निर्वाचन आचारसंहिता विपरीत काम गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यलयका अनुसार कार्तिक २९ गतेसम्म ८९ जना पुरुष र १ महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उनीहरूलाई पटक–पटक चेतावनी दिँदा समेत अटेर गरेपछि कारबाही गरिएको प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।

कारबाही पर्नेमा प्रदेश नम्बर १ मा ४८, काठमाडौं उपत्यकामा १ र बागमती प्रदेशमा ५ रहेका छन् । गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ४, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ७ छन् ।

काठमाडौं उपत्यकासहित ७ प्रदेशमा १ लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल १ लाख १४ हजार ८७७ उपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077