Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेका उम्मेदवार जालिम मियाँविरुद्ध निर्वाचन आयोगमा उजुरी

वीरगन्ज । पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जालिम मियाँविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

एमालेका उम्मेदवार मियाँले जातीय र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार उजुरी दिएका हुन् ।

पर्सा ४ मा नेकपा एमाले(जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा मियाँ र सोही क्षेत्रबाट कांग्रेसका रिजाल उम्मेदवार छन् । चुनावी सभाका क्रममा मधेसी पहाडीबीच साम्प्रदायिकता फैलाउने गरी अभिव्यक्ति दिएको मियाँमाथि आरोप छ ।

रिजालले मियाँलाई कारबाहीको माग गर्दै निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय पर्सा र पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा इमेल मार्फत उजुरी पठाएका हुन् ।

'पर्सा क्षेत्र नम्बर ४ मा पर्ने धोबिनी गाँउपालिका वडा नम्बर ५ जगरनाथपुर टोलमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले उम्मेदवार मियाँले निर्वाचनलाई प्रभावित पार्न पहाडी समुदायलाई गाली गलौज गर्दै निर्वाचन आचारसंहिता र कानुनको धज्जी उडाउनुका साथै मधेसी-पहाडी समुदायबी द्वन्द्व भड्काउने काम गरेकाले मियाँ विरुद्ध आवश्यक कारबाहीको माग गर्दछु,' रिजालले दिएको उजुरीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077