Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बुधबार १३.४० अंकले बढ्यो सेयर बजार, कारोबार रकम ८६ करोडमा झर्‍यो

    बुधबार १३.४० अंकले बढ्यो सेयर बजार, कारोबार रकम ८६ करोडमा झर्‍यो

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 768
    SHARES

    काठमाडौं । बुधबारको कारोबारमा सेयर बजार परिसूचक १३ अंकले उकालो लागेको छ । साताको चौथो कारोबारमा आज बजार परिसूचक १३.४० अंकले बढेको हो।

    मंगलबार ६ अंकले घटेको बजारमा बुधबार तीव्र उतार चढावबीच दोहोरो अंकले उकालो लागेको हो ।



    बजार ०.७१ प्रतिशतले बढेर १९११.२६ तथा ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.७७ प्रतिशतले बढेर ३७६.५७ मा उक्लिएको छ।



    उप-समूहतर्फ बुधबार कारोबार भएका मध्ये म्युचुअल फण्ड ०.८५ प्रतिशत तथा व्यापार १.२० प्रतिशतले घटेको छ भने बाँकी समूहको सेयर मूल्य बढेको छ।

    यस्तै बुधबार २३२ कम्पनीको ८५ करोड ९४ लाख ६८ हजार १ सय ५८ रुपैयाँ बराबरको २४ लाख ९५ हजार ६ सय १२ कित्ता सेयर १७ हजार ७ सय २ पटकमा खरिद बिक्री भएको थियो ।

    कारोबार भएका १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घटेको छ। बुधबार कारोबार भएकामध्ये सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा गणपति लघुवित्तको सेयर मूल्य ७.७१ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ५.५३ प्रतिशतले बढेको छ ।

    यता जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.१३ प्रतिशतले गिरावट हुँदा सबैको लघुवित्तको सेयर मूल्य ३.६८ प्रतिशत तथा विशाल बजार कम्पनीको सेयर मूल्य २.८४ प्रतिशतले गिरावट भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार