Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचनको दिन आन्तरिक सवारी आवागमन बन्द गर्ने निर्णय

काठमाडौं । मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका दिन काठमाडौं उपत्कामा बिहान ४ बजेदेखि बेलुकी ७ बजेसम्म आन्तरिक सवारी आवगमन बन्द हुने भएको छ ।

बुधबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो । तर, आयोगबाट निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने हिँड्न दिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।

एम्बुलेन्स, दमकल खानेपानीलगायत अत्यावश्यक सेवा भने फोकल पर्सन तोकेर सञ्चालन गर्न दिइनेछ ।

त्यस्तै निर्वाचन अवधिभर मदिरा आरोपप्रसार र बिक्रीमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077