Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन बिथोल्नेमाथि गोप्य निगरानी बढाउँदै प्रहरी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल प्रहरीले सुरक्षा निगरानी बढाएको छ । निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहमाथि गोप्य निगरानी बढाइएको हो ।

प्रहरीले मंगलबारसम्म निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न १ सय १५ जनालाई पक्राउ गरिसकेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले निर्वाचन बिथोल्ने क्रियाकलापमा संलग्न १ सय १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

निर्वाचनमा नेपाल प्रहरीका तर्फबाट ७१ हजार ६ सय ९३ सुरक्षाकर्मी परिचालन छन् । निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन प्रहरीले पाएको जिम्मेवारीअनुसार काम गरिरहेको प्रवक्ता राई बताउँछन् । ‘प्रहरीले पाएको म्यान्डेडअनुसार सुरक्षा व्यवस्था तयारी अघि बढाइसकेको छ, केही व्यक्तिमाथि मुद्दा अघि बढाउने तयारीसमेत छ,’ उनले भने ।

जिल्ला प्रहरी प्रमुखमातहत रहनेगरी प्रहरी प्रधान कार्यालयले सिपाहीदेखि प्रहरी नायब उपरीक्षक ९डीएसपी०सम्मलाई निर्वाचन सुरक्षाका लागि केन्द्रबाट परिचालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077