Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सेयर बजार पुन: ओरालो, साढे ६ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

    सेयर बजार पुन: ओरालो, साढे ६ अङ्कले घटेर १९ सय विन्दुभन्दा तल

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 912
    SHARES

    काठमाडौं । पाँच दिनपछि हिजो साेमवार एक दिन बढेको शेयर बजार आज मङ्गलवार फेरि घटेको छ ।

    शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ५९ अङ्कले घटेर एक हजार आठ सय ९७ दशमलव ८६ विन्दुमा झरेको छ ।



    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.३५ प्रतिशतले घटेकाे हो ।



    कूल २२९ वटा कम्पनीकाे २७ लाख ४५ हजार एक सय ९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २ करोड ३६ लाख ९ हजार ९ सय ६० रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

    स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी १० वटा उपसमूहकाे सेयर भने घटेको छ ।

    त्यसैगरी, मंगलबार काराेबार रकममा हिमालयन डिष्टीलरीले अग्रता कायम गरेकाे छ । कम्पनीकाे ८ कराेड २२ लाख ३४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार