Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, दुई खेलाडीको डेब्यू

काठमाडौं । नेपाल र यूएईबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा यूएईले टस हारेर ब्याटिङको निम्तो पाएको हो । आजको खेलमा दुई खेलाडीले डेब्यू गरेका छन् । नेपालका लागि अर्जुन साउद र हरिशंकर शाहाले डेब्यू गरेका हुन् ।

नेपाल र यूएईबीचको तीन खेलको एकदिवसीय सुरु भएको हो । नेपाल र यूएईबीच तीन खेलको शृङ्खला हुनेछ ।

यूएईसँगको खेलमा रोहित पौडेलले कप्तानको रुपमा डेब्यु गर्नेछन् । नेपालको कीतानी रोहितले गर्दा यूएईको कमानी भने सिपी रिजवानले गर्नेछन्।

आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेका दुवै टोलीले सिरिज खेल्न लागेका हुन् ।

दोस्रो खेल बुधवार र अन्तिम खेल शुक्रवार हुनेछ । नेपाल र यूएईबीचको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल मात्रै दुई पटक र यूएई चार पटक विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077