Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिलो एकदिवसीय क्रिकेटमा नेपालले आज यूएईसँग खेल्दै

काठमाडौं । आज नेपाल र पाहुना टोली यूएईबीच पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान ९ बजेदेखि पहिलो खेल सुरु हुनेछ । त्रिवि मैदानमा नेपाल र यूएईबीच तीन खेलको सिरिज हुनेछ ।

नेपाल र यूएई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजका लागि परिचित टोली हुन् । अहिलेसम्म भएका ६ प्रतिस्पर्धामा नेपाल दुईमा विजयी हुँदा चार खेलमा यूएई विजयी भएको छ ।

नेपाल भ्रमणमा रहेको युएईसँगको दोस्रो खेल बुधबार र तेस्रो शनिबार हुँदैछ । पहिलो खेलमा जित दर्ता गर्दै सुखद् सुरुवात गर्ने तयारीमा दुवै देश रहेका छन् ।

नेपाल क्रिकेट संघ क्यानले सिरिजअघि प्रशिक्षक र कप्तानसहित आयोजना गरेको प्री म्याच कन्फ्रेन्समा प्रशिक्षक मनोजले सोमबारदेखि हुने सिरिज नेपाललाई आफ्नो कमजोरी नियाल्ने र स्तर सुधारको राम्रो मौका भएको बताएका थिए । दुवै टीमका प्रशिक्षक र कप्तानले राम्रो प्रदर्शन गर्दै सिरिज जित्ने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077