Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव बैरागीसहितको टोली कर्णालीमा

    निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव बैरागीसहितको टोली कर्णालीमा

    अनलाइन नेपाल
  • सोमबार, २८ कार्तिक २०७९
  • 951
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशको निर्वाचन सुरक्षा बुझ्न मुख्य सचिव शङ्करदास बैरागी नेतृत्वको उच्च अधिकारीहरुको आज टोली कर्णालीमा पुगेको छ ।

    निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुुझ्न मुख्य सचिव बैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकप्टरमा जुम्ला पुगेको हो ।



    जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सचिवहरुको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीका विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको छ । उनका अनुसार नेपाली सेनाको २४ नं वाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सम्पन्न गरेको हो ।



    छलफलमा नेपाली सेनाको २४ नं वाहिनीका वाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीको पाँच जिल्लाको सुरक्षा अवस्था र तयारीको तथा प्रमुख जिल्ला अधिकारी केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीबारे जानकारी गरेको जनाइएको छ ।

    छलफलका क्रममा मुख्य सचिव बैरागीले अहिले सरकारको लक्ष्य नजिकिँदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासनसहित सबै सुरक्षा निकायका प्रमुखलाई समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गरेको प्रजिअ केसरीले जनाए । नेपाल सरकारको उच्चस्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका विषयमा आवश्यक निर्देशनसमेत गरेको प्रशासनले जनाएको छ ।

    नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिवसहितको उच्चस्तरको सरकारी अधिकारीहरुको टोली जुम्ला, हुम्ला हुँदै मुगु बस्ने तालिका रहेको छ । उनका अनुसार सोमबार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिम प्रदेशतिर लाग्ने तालिका रहेको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार