Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सुन तस्करीमा मुछिएको कम्पनीले पायो एयरपोर्टमा २३ करोडको ठेक्का

    सुन तस्करीमा मुछिएको कम्पनीले पायो एयरपोर्टमा २३ करोडको ठेक्का

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईको ठेक्का सम्झौतामा मनपरी निर्णय गराई प्राधिकरणलाई करोडौं घाटा पुर्याउने काम गरेका छन् । अधिकारीले केही विचौलियासँग मिलेर सरसफाई र मर्मतको ठेक्का दिने क्रममा करोडौं घोटाला गरेका हुन् ।

    अधिकारीसँगको सेटिङमा सुनगाभा, श्रेष्ठ र सगरमाथा जेभीले २३ करोड ९३ लाख ९६ हजार छ सय २७ रुपैयाँमा विमानस्थलको सरसफाई र मर्मतको ठेक्का हत्याएको छ । अधिकारीले सुनगाभा, श्रेष्ठ र सगरमाथा जेभीलालई ठेक्का दिलाउने क्रममा प्राधिकरणलाई सात करोड भन्दा बढी आर्थिक व्ययभार थपेको प्राधिकरणका कर्मचारीहरु नै बताउँछन् ।



    त्यसो त आफूहरुले विमानस्थलको आन्तरिक तर्फको सरसफाई सम्बन्धि ठेक्का नपाउने भएपछि श्रेष्ठ आरएसडी कुम्भकर्ण जेभीले सर्वोच्चमा रिट दर्ता गरी ठेक्का प्रक्रिया नै अवरुद्ध पारिरहेको छ । उक्त मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधिन छ । सर्वोच्चमा मुद्दा दायर गरेर बसेको झगडिया कम्पनीलाई नै प्राधिकरण प्रशासनले अन्तर्राष्ट्रिय तर्फको पुनः ठेक्का दिलाएको हो । आरएसडी र सगरमाथा जेभीका सञ्चालक रमेश ढकाल हुन् । मुद्दा किनारा नलागेसम्म निरन्तर काम गर्न पाइरहने हुँदा ढकाल मुद्दा लम्ब्याएर ठेक्का प्रक्रिया नै रोक्ने प्रयासमा लागेका छन् ।



    महानिर्देशक अधिकारीको साथ पाएका सुनगाभा, श्रेष्ठ र सगरमाथा जेभीले अन्तर्राष्ट्रिय तर्फको सरसफाई सम्बन्धी ठेक्का निर्वाधरुपमा सञ्चालन गर्न पाइरहेका छन् । प्राधिकरणले उक्त कम्पनीहरुलाई ठेक्का दिलाउनका लागि ठेक्का विड गर्ने अन्तिम दिनमा ‘क्राइटेरिया’ नै संशोधन गरी सात दिन म्याद थप गरेको थियो ।

    २०७९ भदौ ३१ गते उक्त जेभीलाई दिइएको कार्यदेश अनुसार तीन वर्षको सो ठेक्कामा प्राधिकरणलाई सात करोड बढी नोक्सान हुने देखिन्छ । सो कार्यमा महानिर्देशक अधिकारीले एक विचौलियामार्फत ठूलो आर्थिक लाभ लिएको समेत स्रोत बताउँछ ।
    ठेक्का पाएको कम्पनीमध्ये सुनगाभा एयरपोर्टमा सुन तस्करीमा मुछिएको कम्पनी हो । दुवईबाट आएको अवैध सुन कटाउनेक्रममा सुनगाभा सप्लायर्स एण्ड सरसफाईका सुपरभाइजर सप्तरीका ३६ वर्षीय ताराकान्त चौधरी पक्राउ परेका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार