Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मतदातालाई आकर्षित गर्न गठबन्धनको उम्मेदवारले चुनाव चिह्नअंकित चकलेट बाँड्दै

रुपन्देही । रुपन्देही ३ मा चकलेटमा कांग्रेस र लोसपाका उम्मेदवारहरुले दलका चुनाव चिह्न छापेर प्रचार प्रसार गरिरहेका छन् ।

निर्वाचन आयोगले चुनाव प्रचारमा चिन्ह लेखिएको टिशर्ट समेत लगाउन बन्देज र लगाउनेमाथि कारबाही गर्दै आइरहेको बेला रुपन्देही ३ का उम्मेदवारहरुले चकलेटको खोलमै रंगिन चुनाव चिन्ह राखेर निशुल्क वितरण गरेका छन् ।

जसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल र उक्त साइकलमाथि हरियो रंगको स्वस्तिक छाप लगाएको र साइकलमा भोट हालौ साथी लेखिएको छ ।

चकलेटमा हरियो रंगको रुख चिन्हमा रातो रंगको स्वस्तिक छाप तथा रातो रंगको अक्षरले चुनाव चिन्ह रुखमा भोट हालौ साथी लेखिएको छ । उक्त चकलेट भैरहवाको एक कम्पनीले उत्पादन गरेको हो ।

भैरहवा क्षेत्रमा देखिएका ती चकलेट कसले बनाएको भन्ने नखुले पनि गठबनधनको प्रचार प्रसारमा त्यो चकलेट प्रयोग भएको छ ।

कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिले त्यो चकलेट गठबन्धनकै कार्यक्रमको पृष्ठभूमिमा हातमा लिएर सामाजिक संजालमा पोस्ट गरेका छन् ।

यो क्षेत्रबाट पाँचदलीय गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र प्रदेश सभा सदस्यद्वय लोसपाका सन्तोष पाण्डे र कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077