Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • वैदेशिक रोजगारीका लागि मलेसिया प्रमुख गन्तव्य

    वैदेशिक रोजगारीका लागि मलेसिया प्रमुख गन्तव्य

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 999
    SHARES

    काठमाडौं । नेपालबाट दैनिक सयौं युवा रोजगारीका लागि विदेशिएका छन् । वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरै मलेसिया जाने गरेको एक तथ्यांकले देखाएको छ ।

    वैदेशिक रोजगार विभागका अनुसार विगत ५ महिनामा (गत बैशाखदेखि भदौसम्म) १ लाख ६९ हजार ६ सय ९३ जना विदेश गएका छन् । तीमध्ये मलेसिया जानेको संख्या ८० हजार ८ सय २३ जना रहेको छ ।



    बैशाखमा मलेसिया जानेको संख्या २ हजार ५ सय ३८ जना, जेठमा ७ हजार १ सय ४१, असारमा १५ हजार ७ सय ८०, साउनमा २२ हजार ३ सय ६१ र भदौमा ३३ हजार ३ जना गएका छन् ।



    केही वर्ष पहिले साउदी अरब जानेको संख्या अत्यधिक मात्रामा बढेको थियो भने अहिले मलेसिया जानेको संख्या उच्च स्थानमा रहेको वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । दिन प्रतिदिन नेपालीहरू वैदेशिक रोजगारीको खोजी गर्दै मलेसिया जानेको संख्या बढिरहेको उनले बताए ।

    विभागको तथ्याङ्क अनुसार बैसाखदेखि भदौसम्ममा मलेसिया पछि साउदी अरब जानेको संख्या २२ हजार ७ सय ८९ रहेको छ।

    त्यस्तै गरी कतारमा २० हजार ६ सय ३२, कुवेतमा १७ हजार ३ सय ६२ जना र युएईमा १४ हजार ८ सय १ जना वैदेशिक रोजगारीको क्रममा गएको तथ्याङ्क छ । गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपाली मजदुरका रूपमा गएको देखिन्छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार