Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डोटीमा ट्याङ्कर दुर्घटना, एक जनाको मृत्यु

डोटी । डोटीमा पानी बोकेको ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको केआईसिंह गाउँपालिका–४ काफलीमा सडक मर्मतका लागि पानी लैजाँदै गरेको ना २ ख ६८२७ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मृत्यु हुनेमा डडेल्धुराको आलिताल गाउँपालिका–८ का ३८ वर्षीय दानबहादुर धामी रहेका छन् । दुर्घटनामा चालक धामी ट्याङ्करमुनि च्यापिएर गम्भीर घाइते भएका थिए ।

उनको उद्धार गरी उपचारका लागि पठाउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्कर सडकबाट करिब तीन सय मिटर खोलामा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077