Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावको दिन क–कसले चलाउन पाउँछन् सवारी साधन ?

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको छ ।

आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो ।

बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोर मैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधनले सवारी अनुमति पत्र लिनु नपर्ने आयोगले जनाएको छ ।

यस्तै सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानूनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन लगायतले सवारी साधन प्रयोग गर्न पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077