काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक लगाएको छ।
महानगरपालिकाले सूचना जारी गर्दै खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउन रोक लगाएको हो ।
जथाभावी फोहर जनाउने गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको महानगरले जनाएको छ ।
महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिइएको छ।
केही दिनयता काठमाडौं उपत्यकासहित देशका मुख्य सहरमा प्रदूषण बढ्न थालेको छ।