Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुरक्षा चुनौती केलाउँदै सरकार

काठमाडौं । यसपटको निर्वाचनमा सरकारले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पार्टीसहित विभिन्न २८ समुह र मोर्चालाई सुरक्षा खतराका रूपमा लिएको छ ।

विप्लव नेतृत्वको नेकपासहित नेकपा क्रान्तिकारी (माओवादी), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीलगायतले चुनावी सुरक्षामा असर पार्न सक्ने गृह मन्त्रालयको निष्कर्ष छ। यसलाईलाई मध्यनजर राख्दै सुरक्षा तयारीमा सरकार सम्बेदनशिल बनेको सुरक्षा निकायको दाबी छ।

गृह स्रोत भन्छ, ‘अझै पनि निर्वाचन बहिस्कार गर्ने र विभिन्न मुद्दा लिएर भूमिगत रूपमा पार्टी र मोर्चा अनि समुह छन्। उनीहरूलाई हामीले सूचीकृत गरेका छौं। र, सुरक्षाका विषयमा गम्भिर छौं।’ विप्लव नेतृत्वको पार्टीले भने औपचारिकरूपमा नै निर्वाचन बिथोल्ने निर्णय गरेको छ। अन्य पार्टी र समूह मौन छन्।

उनीहरू सबैको गतिविधिलाई सुस्म रूपमा भने निगरानी गरिरहेको गृह मन्त्रालयको भनाइ छ। यसै विषयलाई लिएर गृहमन्त्री बालकृष्ण खाणले पनि सुरक्षा निकायलाई यो विषयमा संबेदनशिल बन्न केही दिन अघि नै निर्देशन दिइसकेका छन् । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077