Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लगातार चौथो दिन पनि शेयर बजार घटेर राताम्मे, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ ।

यस दिन नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २३.५२ अंकले घटेर १८९३ बिन्दुमा झरेको छ ।

आज जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २६ वटा कम्पनीकाे ३१ लाख १४ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड २२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर सात प्रतिशत तथा किसान लघुवित्त, पञ्चकन्यामाई हाइड्रो, गुहेश्वरी मर्चेन्ट फाइनान्स, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको शेयर पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077