काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव भनेको एउटा व्यक्ति वा दल चुन्ने मात्र नभएको बताएका छन् ।
सिन्धुपाल्चोकको मेलम्चीमा आयाेजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चुनाव भनेको देशको सुन्दर र सुदूर भविष्य चुन्ने दिन भएको बताएका हुन्।
आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उनले बताए ।
निर्वाचनले देश र जनताका भविष्य बनाउने भएकाले आसन्न निर्वाचनलाई गम्भीर रुपमा लिन आग्रह पनि गरेका छन् ।