Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंमा ट्रक र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको नारायण गोपाल चोक नजिकै दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ।

बसुन्धारामा ट्रक र स्कुटर ठक्कर ठोक्किँदा स्कुटरमा सवार कास्कीको मादी ५ का ४७ वर्षीय बेलबहादुर राना मगर उनकी श्रीमती ४१ वर्षीय कल्पना राना मगरको ज्यान गएको हो । बुधबार साँझ ४ः४० बजे ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए ।

तत्कालै प्रहरी वृत्त महाराजगञ्‍जबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर घाइतेको उद्दार गरी अस्पताल पुर्‍याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रहरीले ना ८ ख १८४१ का ट्रक चालक चितवन राप्ती नगरपालिकाका २५ वर्षीय राम हमाललाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077