Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगामी निर्वाचनमा दुई लाख ४६ हजार कर्मचारी खटिँदै

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दुई लाख ४६ हजार ९ सय कर्मचारी खटाइने भएको छ ।

निर्वाचन आयोगले निर्वाचनमा देशभरि दुई लाख ४६ हजार ९ सय कर्मचारी खटाउन लागेको हो । यो संख्या सुरक्षा निकायबाहेकको रहेको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।

उनले आयोगको जनशक्ति व्यवस्थापन निर्देशिकाले व्यवस्था गरेबमोजिम देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी नियुक्ति गरिसकेको र अहिले तालिमहरू सञ्चालन भइरहेको बताए ।

केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, ७७ वटा निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय र मतगणना कार्यका लागि कर्मचारी खटिनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077