Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा ३९ अंकको गिरावट, १ अर्ब ४० करोडको कारोबार

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक ३९ अंकले घटेको छ। साताको चौथो कारोबारमा बजार परिसूचक ३९.१५ अंक घटेको हो ।

आज 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ७.६८ अंक घटेर ३७६.५३ मा झरेको छ।

बजारसँगै आज अधिकांस परिसूचक घटेका छन् । उप-समूहतर्फ कारोबार भएका १३ ओटै समूहको सेयर मूल्य घटेको छ। सबैभन्दा बढी फाइनान्स समूह ४.७३ प्रतिशतलेर् घटेको छ।

३९ अंकले घटेको बजारमा आज कारोबार भएका २२३ कम्पनीको १ अर्ब ४० करोड ७३ लाख ९५ ४ सय ३७ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

यस्तै ३६ लाख ९७ हजार ७ सय २३ कित्ता सेयर २४ हजार ३ सय ८८ पटकमा खरिद बिक्री भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077