एजेन्सी । अमेरिकामा मध्यावधि निर्वाचनको मतदान सकिएको छ ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सबै ४३५ सिट र माथिल्लो सदन सिनेटको सय मध्ये ३५ सिटका लागि मंगलबार निर्वाचन भएको हो ।
जर्जिया, इंडियाना, केन्टकी, साउथ क्यारोलाइना, भर्मन्ट, भर्जिनिया लगायतका राज्यहरुमा मतदान सकिएको छ ।
रिपब्लिकनहरूले यो निर्वाचनबाट अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी गरिरहेका छन् ।
प्रतिनिधि सभा र सिनेट दुवै सदनको लागि चार करोडभन्दा बढी मतदाताहरूले देशभर पूर्व–निर्वाचन मतदान गरिसकेका छन् । रिपब्लिकन पार्टीले सिट बढाउने प्रक्षेपण गरिएको छ ।