Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बारा-४ मा कांग्रेसका बागी उम्मेदवार इच्छाबहादुरलाई प्रभु साहको समर्थन

    बारा-४ मा कांग्रेसका बागी उम्मेदवार इच्छाबहादुरलाई प्रभु साहको समर्थन

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 1.1K
    SHARES

    बारा। नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह र बद्री न्यौपानेले कांग्रेसका बागी इच्छाबहादुर वाग्लेलाई समर्थन गरेको छन् ।

    बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका इच्छाबहादुर वाग्लेलाई साह र न्यौपानेले साथ दिएका हुन् ।



    उनीहरुले आज मंगलबार संयुक्त रुपमा फेटा गाउँपालिका क्षेत्रीय सभा आयोजना गरेका छन् । सभालाई वाग्लेसहित, साह र न्यौपानेले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।



    बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसान र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार छन् ।

    सत्ता गठबन्धनको भागबण्डामा बारा–४ एकीकृत समाजवादीको भागमा परेपछि पूर्व श्रममन्त्री श्रेष्ठले टिकट पाएपछि इच्छाबहादुर वाग्लेले बागी उम्मेदवारी दिएका थिए ।

    प्रभु साहको अभियानमा एमाले केन्द्रीय सदस्य त्यागेर बद्रि न्यौपाने पनि लागेका छन् । न्यौपाने चुरे भावर पार्टी त्यागेर एमाले प्रवेश गरेका थिए ।

    चितवनमा अयोजित एमालेको दशौं महाधिवेशनबाट न्यौपाने केन्द्रीय सदस्यसमेत भएका थिए । एमालेले चुनावमा जसपासँग गठबन्धन गरेपछि रुष्ट साह र न्यौपाने दुवै मिलेर ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार