Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मध्यावधि चुनाव जनमतसंग्रह होइन, दुई भिजनबीचको निर्वाचन हो : जो बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा हुन गइरहेको मध्यावधि निर्वाचनलाई जनमतसंग्रह नभएको बताएका छन् ।

मेरिल्याण्डमा ऐतिहासिल ब्ल्याक युनिभर्सिटीमा मानिसहरुलाई सम्बोधन गर्दै बाइडेनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘यो चुनाव जनमतसंग्रह होइन, यो अमेरिकाको विषयमा दुई भिजनबीचको निर्वाचन हो ।’ अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति तथा रिपब्लिकनका नेता डोनाल्ड ट्रम्पले आफ्नो निर्वाचनको अन्तिम दिनको प्रचार गरेका छन् ।

सोमबार जो बाइडेन र ट्रम्पले ओहायोमा र्‍याली गरेका हुन् । आज निर्वाचनको लागि मतदान हुँदैछ ।

सन् २०२० को नोभेम्बरमा बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति चुनिएका थिए। त्यसको दुई वर्षपछि मध्यावधि निर्वाचन हुन गइरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077