Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले उडायो कोरियाली आकाशमा सुपरसोनिक बमवर्षक विमान

एजेन्सी । अमेरिकाले दक्षिण कोरियाको आकाशमा सुपरसोनिक बमवर्षक विमान उडाएको छ ।

यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तर कोरियालाई चेतावनीस्वरुप अमेरिकाले बमवर्षक विमान उडाएको हो ।

दक्षिण कोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन आज उत्तर कोरियालाई आफ्नो शक्ति देखाउन अमेरिकाले सुपरसोनिक बमवर्षक विमान पनि अभ्यासमा समावेश गरेको दक्षिण कोरियाले जनाएको छ ।

वायुसेनाको संयुक्त अभ्यासमा बमबर्षक विमान पनि समावेश रहेको दक्षिण कोरियाली रक्षामन्त्रालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077