Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनका लागि तीन दिन नेपाल-भारत सीमा बन्द हुने

रुपन्देही । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द गरिने भएको छ।

रुपन्देहीको छपियामा शनिबार बसेको नेपाल-भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सिमानाका बन्द गर्ने निर्णय गरेको हो ।

आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सिमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक बसेको जिल्ल प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेड (जिल्लाधिकारी) सहित सुरक्षा प्रमुखहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077