Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यार्थीसँग भोट मागेपछि कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) दाङ निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार कोमल वलीलाई चुनाव प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

आयोगले सोधेको स्पष्टीकरणमा किन विद्यार्थीसँग भोट मागिएको हो ? यसरी भोट माग्न कुन ऐनले सुविधा दिन्छ ? भन्ने प्रश्न गरिएको छ।

उनलाई आफैँ वा आफ्नो प्रतिनिधिमार्फत २४ घण्टाभित्र आयोगको कार्यालय वा आयोगमा स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । चुनाव प्रचारप्रसारका क्रममा एमाले उम्मेदवार वलीले बालबालिकाको प्रयोग गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077