Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अध्यक्ष ओली भन्छन् - भीम रावल बुढो भइसक्नुभयो, बेकारमा किन रावलको चिन्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा थुप्रो भीम रावलहरू रहेको बताएका छन् । कञ्चनपुरको आम सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले रावल लक्षित टिप्पणी गरेका हुन् ।

अध्यक्ष ओली बोल्ने क्रममा दर्शकदीर्घाबाट नेता रावलको खोजी भएपछि आक्रोशित हुँदै ओली मञ्चबाटै प्रतिवादमा उत्रिएका थिए । उनले नेता रावल बुढो भइसकेको भन्नसमेत भ्याँए ।

'भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो ? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन ? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या ? के भीम रावल ? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा । थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ,' उनले भने ।

यस्तै सोही कार्यक्रममा अध्यक्ष ओलीले डडेल्धुरामा कर्ण मल्लले एमालेलाई समर्थन गरेको र कसैलाई मन परे पनि, नपरे पनि उनैलाई सघाउन कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077