काठमाडौं । निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्राचार गरेको छ ।
निगमले मुख्य आम्दानीमा कैँची लगाउँदै हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ अनुमति दिएको जानकारी आएको प्राप्त गरेलगत्तै त्यसपछि आयोगको ध्यानाकर्षण भएकोले आयोगले मन्त्रालयसँग जवाफ माग गरेको हो ।
‘नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङको कार्य हिमालय एयरलाइन्सले समेत गर्ने गरी अनुमति प्रदान गर्न लागिएको हो, होइन ?
यो पत्र प्राप्त भएको दुई दिनभित्र यथार्थ व्यहोरा खोली जवाफ पठाउनु,' मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ ।