Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३ दिनसम्म बढेको नेप्से आज दोहोरो अङ्कले घट्यो, कारोबार १ अर्बमुनि

काठमाडौँ । साताको अन्तिम कारोबारमा सेयर बजार परिसूचक पुन: घटेको छ। बिहीबार सेयर बजार परिसूचक १६ अंकले घटेको हो ।

१६.१४ अंकले घट्दा परिसूचक १९२२.१६ मा झरेको छ। बिहीबार नेप्से ०.८३ प्रतिशतले घट्दा 'क' वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३.५० अंक बढेर ३७९.४३ मा झरेको छ।

बीमा समूहबाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

दुई सय २० वटा कम्पनीकाे २७ लाख ६७ हजार कित्ता शेयर ८९ करोड ८९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एभरेस्ट बैंकको चार करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

समग्रमा बजार घटे पनि आज युनिलिभर नेपालको शेयर साढे ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077