Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संघीय सरकारका १० मन्त्रालय घटाउन संसदीय विशेष समितिको सुझाव

काठमाडौं । राष्ट्रियसभाको एक विशेष संसदीय समितिले संघीयताको दिगो कार्यन्वयन गर्ने हो भने संघ र प्रदेशका मन्त्रालयको संख्या घटाएर मितव्ययी शासन सञ्चालन गर्न सुझाव दिएको छ ।

राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिअन्तर्गत संघीयता अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले अध्यक्ष गणेश तिमल्सिनालाई बुझाएको प्रतिवेदनमा संघीय सरकारका १० वटा मन्त्रालय घटाउन सुझाव दिइएको छ ।

प्रतिवेदनमा संघीय सरकारमा बढीमा १५ मन्त्रालय बनाउन र प्रदेशहरूमा ५ देखि १० मन्त्रालयभन्दा नराख्न सुझाव दिएको समितिका संयोजक डा. खिमलाल देवकोटाले बताए ।

प्रतिवेदन बुझाउनेक्रममा मुख्य सचिव शंकर वैरागीलगायतका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077